नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय

नेपाल आयुर्वेद औषधी उत्पादक संघको सातौ अधिवेसनबाट सुमन प्रसाद पाण्डेय सर्वसम्मतिले अध्यक्षमा बिजयी भएका छन्।

काठमाडौंमा भएको सातौँ साधारण सभाले नवनिर्वाचित कार्यसमितिको चयन गरेको हो।

आगामी २ बर्षको कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा श्री सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल, सह-कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्।

त्यसैगी सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र वस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन्।

साधारण सभाको उद्घाटन माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रमको सभापति निवर्तमान अध्यक्ष मान बहादुर साउदले गरेका थिए।

त्यसैगरी विशेष अतिथि औषधी ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल लगायत २०० भन्दा बढी आयुर्वेद र स्वास्थ्य क्षेत्रका उद्योगी, ब्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *